National

अमेरिकाबाट नेपाली मूर्ति फिर्ता, दुई प्राचीन सम्पदा नेपाललाई हस्तान्तरण

प्रकाशित मिति

June 24, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
अमेरिकाबाट नेपाली मूर्ति फिर्ता, दुई प्राचीन सम्पदा नेपाललाई हस्तान्तरण

दशकौँअघि नेपालबाट चोरी भई अवैध रूपमा अमेरिका पुर्‍याइएका दुई प्राचीन नेपाली सांस्कृतिक सम्पदा नेपाललाई औपचारिक रूपमा फिर्ता गरिएको छ। न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण समारोहमा पद्मपाणि र नृत्य देवीका मूर्ति नेपाल सरकारलाई फिर्ता गरिएको हो।

हस्तान्तरणसम्बन्धी सम्झौतामा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र म्यानह्याटन जिल्ला महान्यायाधिवक्ता कार्यालयअन्तर्गतको प्राचीन वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्ताक्षर गरेका थिए।

फिर्ता गरिएका सम्पदामध्ये १३औँ शताब्दीको कांस्य पद्मपाणि मूर्ति काठमाडौँस्थित थं बहिल, अर्थात् विक्रमशील महाविहार, भगवान बहालसँग सम्बन्धित रहेको जनाइएको छ। उक्त मूर्ति सन् १९७१ मा अन्तिम पटक अभिलेख गरिएको थियो। त्यसपछि सन् १९७१ देखि १९७७ बीचमा यो मूर्ति नेपालबाट अवैध रूपमा बाहिर लगिएको बताइएको छ।

त्यस्तै, १६औँ शताब्दीको काठबाट बनेको नृत्य देवीको मूर्ति ललितपुरस्थित इबहा बहीबाट चोरी भएको जनाइएको छ। स्रोतअनुसार यो मूर्ति सन् १९६९ देखि १९८३ बीचमा चोरी भएको थियो। पछि उक्त मूर्ति न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयबाट बरामद गरिएको थियो।

यी सम्पदाको फिर्ती म्यानह्याटन जिल्ला महान्यायाधिवक्ता कार्यालय, अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय र पुरातात्त्विक सम्पदा तस्करीविरुद्ध काम गर्ने साझेदार निकायहरूको समन्वित प्रयासबाट सम्भव भएको जनाइएको छ।

महावाणिज्यदूत भण्डारीले अमेरिकी निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय र नेपाली समुदायप्रति आभार व्यक्त गर्दै यो घटनालाई सांस्कृतिक सम्पदा संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन्।

source

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

पश्चिम एसिया द्वन्द्वले तेल मूल्य वृद्धि, विश्व बजारमा ७ प्रतिशत उछाल National

पश्चिम एसिया द्वन्द्वले तेल मूल्य वृद्धि, विश्व बजारमा ७ प्रतिशत उछाल

पश्चिम एसियामा बढ्दो सैन्य तनाव र सम्भावित आपूर्ति अवरोधको चिन्ताले विश्व तेल बजार प्रभावित भएको…

हेटौंडामा एलपी ग्यास अभाव, उपभोक्ता लामो लाइनमा National

हेटौंडामा एलपी ग्यास अभाव, उपभोक्ता लामो लाइनमा

हेटौंडामा एलपी ग्यास अभाव देखिन थालेपछि खाना पकाउने ग्यासका लागि उपभोक्ता समस्यामा परेका छन्। पछिल्ला…

नेपालमा बाघको संख्या ४२९ पुग्यो, चार वर्षमा थपिए ७४ बाघ National

नेपालमा बाघको संख्या ४२९ पुग्यो, चार वर्षमा थपिए ७४ बाघ

नेपालमा बाघको संख्या ४२९ पुगेको छ। पछिल्लो गणनाले चार वर्षमा ७४ बाघ थपिएको देखाएको हो।…

रसुवागढी एकीकृत भन्सार भवनको काम ६५ प्रतिशत, अन्तिम म्याद थप्ने तयारी National

रसुवागढी एकीकृत भन्सार भवनको काम ६५ प्रतिशत, अन्तिम म्याद थप्ने तयारी

नेपाल–चीन सीमास्थित रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको काम ६५ प्रतिशत पुगेको छ। तीन वर्षमा सक्ने…