मकवानपुर–काठमाडौं मिलन समाजको अध्यक्षमा फुयाँल निर्विरोध निर्वाचित
प्रकाशित मिति
May 9, 2026पढ्न लाग्ने समय
१ मिनेट पढ्न लाग्ने
मकवानपुर जिल्लाबाट काठमाडौँ उपत्यकामा आई विभिन्न पेशा र व्यवशाय गरी बस्नुका साथै स्थायी बसोबास गर्ने मकवानपुरेहरूको सामाजिक संस्था मकवानपुर–काठमाडौं मिलन समाजले काठमाडौँमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले संस्थाका संस्थापक अध्यक्ष बलराम फुयाँललाई नै अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ।वरिष्ठ अधिवक्ता बाबुराम दाहालले समन्वय गर्नुभएको निर्वाचन समितिले संस्थाको उपाध्यक्षमा बद्रीप्रसाद आचार्य, सचिवमा केदार पन्त, सहसचिवमा सरिता आचार्य, कोषाध्यक्षमा रश्मी घिमिरे तथा सदस्यहरूमा निर्जल घिमिरे , विष्णुदेव भण्डारी, दीपा शर्मा न्यौपाने, देवकुमार अर्याल, अनिताकुमारी दाहाल, उमेश थापालाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

मकवानपुरमा जन्मिएका, मकवानपुरलाई कार्यक्षेत्र बनाएका, प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रही उपत्यकामा रहेका मकवानपुरेहरूसँग लामो समयदेखि पुनर्मिलन गराउन तथा सद्भाव बढाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको यस संस्थाले प्रथम अधिवेशनको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।
