ताजा समाचार

चैनपुर जेसीजका अनुप अधिकारीलाई ‘बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड–२०२६’

प्रकाशित मिति

October 13, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
चैनपुर जेसीजका अनुप अधिकारीलाई ‘बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड–२०२६’

मनहरी। चैनपुर जेसीज मनहरीका कार्यक्रम संयोजक अनुप अधिकारी ‘बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। जेसीज सप्ताह–२०२६ अन्तर्गत आयोजित कार्यक्रमको सफल संयोजन तथा व्यवस्थापनमा पुर्‍याएको योगदानको कदर गर्दै अधिकारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

अधिकारीको संयोजकत्वमा जेसीज सप्ताहको दोस्रो कार्यक्रमअन्तर्गत मनहरी गाउँपालिका–६, बालभन्ज्याङस्थित राष्ट्रिय सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको थियो। बिहीबार आयोजित कार्यक्रममा विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

मनहरी गाउँपालिकाको विकट क्षेत्र बालभन्ज्याङस्थित उक्त विद्यालयमा आदिवासी जनजाति समुदायका बालबालिकाहरू अध्ययनरत छन्। विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।

चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिकाका स्रोत शिक्षक तथा जेसीजका सल्लाहकार विदुरविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमको संयोजनदेखि व्यवस्थापनसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीलाई प्रदान गरिएको यस अवार्डले सामाजिक सेवा तथा सामुदायिक विकासका गतिविधिमा थप योगदान पुर्‍याउन प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री ताजा समाचार

रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री

भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा सरकारले तीन हेलिकप्टरमार्फत १५ क्विन्टल अत्यावश्यक खाद्य सामग्री पठाएको…

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क कल, दैनिक २ जीबी डेटा र ५० एसएमएस दिने ताजा समाचार

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क कल, दैनिक २ जीबी डेटा र ५० एसएमएस दिने

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी…

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार ताजा समाचार

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार

रु २५० को खरिद गरेका एक ग्राहकले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन योजनाअन्तर्गत १० लाख…

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद ताजा समाचार

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद

सराहीको मलंगवामा सरकारी डीएपी मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका…