ताजा समाचार

MMC भन्दा जेठो, NTV भन्दा बूढो शैक्षिक यात्राको सुरुवात

प्रकाशित मिति

February 3, 2026

पढ्न लाग्ने समय

5 मिनेट पढ्न लाग्ने
MMC भन्दा जेठो, NTV भन्दा बूढो शैक्षिक यात्राको सुरुवात

श्री भोजसिद्द माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोह मनहरी–५, मकवानपुरमा फागुन ७–९ गते हुँदैछ। ५० वर्षे शैक्षिक यात्रा, इतिहास र कार्यक्रम विवरण।

पीडाबाट चेतनासम्म : उज्यालोको जन्मकथा

श्री भोजसिद्द माध्यमिक विद्यालयको स्थापना केवल एउटा शैक्षिक निर्णयको परिणाम होइन, बरु एक दर्दनाक तर चेतनादायी घटनाबाट जन्मिएको ऐतिहासिक यात्राको सुरुवात हो। विद्यालय स्थापना हुनुअघि, एसएलसी नतिजासम्बन्धी गलत सूचनाका कारण आफू असफल भएको आत्महत्या गरेको घटना स्थानीय इतिहासमा गहिरो पीडाका रूपमा अंकित छ। पछि नतिजा सार्वजनिक हुँदा उनी उत्तीर्ण भएको पुष्टि भयो। यो घटनाले त्यतिबेलाको समाजलाई शिक्षा र सही सूचनाको मूल्य बुझाउने निर्णायक मोड प्रदान गर्‍यो।

यही पीडाबाट जन्मिएको चेतनाले समुदायलाई झक्झक्यायो र शिक्षा नै स्थायी उज्यालो हो भन्ने बोध गरायो। त्यसै चेतनाबाट प्रेरित भई वि.सं. २०३२ सालमा श्री भोजसिद्द माध्यमिक विद्यालयको औपचारिक स्थापना गरिएको हो।

विद्यालय स्थापनामा नरहरी नन्दन उप्रेतीको ऐतिहासिक योगदान उल्लेखनीय छ। उनी त्यस समयमा विद्यालयका लागि जग्गा प्रदान गरिएको थियो।जसले आजसम्म पुस्तौँलाई उज्यालोतर्फ डोर्‍याइरहेको छ।


स्वर्ण जयन्ती समारोह : तीन दिनको शैक्षिक उत्सव

मनहरी, मकवानपुर — पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–५ मा अवस्थित श्री भोजसिद्द माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा ऐतिहासिक स्वर्ण जयन्ती समारोह आयोजना गर्ने भएको छ। विद्यालयले आगामी फागुन ७ देखि ९ गतेसम्म शिक्षा, संस्कृति, खेलकुद, स्वास्थ्य र सामाजिक उत्तरदायित्वलाई एउटै मञ्चमा जोड्दै तीन दिने भव्य कार्यक्रम आयोजना गर्न लागेको हो।

स्वर्ण जयन्तीलाई केवल उत्सवमा सीमित नराखी अर्थपूर्ण र स्मरणीय बनाउने उद्देश्यले मनहरी गाउँपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता, छात्र भलिबल, वक्तृत्वकला प्रतियोगिता, सांस्कृतिक प्रस्तुति, खुला म्याराथन, अभिभावक घ्याम्पो फुटाइ, रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिएका छन्।

स्वर्ण जयन्तीको अवसरमा विद्यालय परिसरमा स्वर्ण स्तम्भ निर्माण गरिनुका साथै विद्यालयको ५० वर्षे इतिहास, उपलब्धि, संघर्ष र योगदान समेटिएको स्मारिका प्रकाशन गर्ने तयारी गरिएको छ। प्रचार–प्रसार उपसमितिका संयोजक उमेश अधिकारीले विद्यालय निर्माणमा योगदान पुर्‍याउने शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी र स्थानीय समुदायलाई समारोहमा ऐक्यबद्ध सहभागिताका लागि आह्वान गरेका छन्।

मुख्य समारोह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेतीले आधा शताब्दी लामो यात्रालाई स्मरण गर्दै आगामी दिनमा विद्यालयले गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्न अझ सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

स्वर्ण जयन्ती समारोहको विशेष पक्ष के हो भने, यस कार्यक्रममा नेतृत्वदायी भूमिकामा रहेका सबै व्यक्ति स्वयं श्री भोजसिद्द माध्यमिक विद्यालयकै पूर्व विद्यार्थी हुन्। यही विद्यालयमा अध्ययन गरी दीक्षित भएका उनीहरू आज पुनः आफ्नो शिक्षालयकै लागि एकताबद्ध भएर योगदान गरिरहेका छन्।

यस क्रममा मनहरी गाउँपालिका–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी स्वर्ण जयन्ती समारोहका मुख्य आर्थिक व्यवस्थापक तथा कार्यक्रम संयोजकका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। उनीसहित संविधानसभा सदस्य राजाराम स्याङतान (सलाहकार तथा समन्वयक) र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेती लगायतका पूर्व विद्यार्थीहरू आयोजक टोलीमा सक्रिय रूपमा संलग्न छन्।

पूर्व विद्यार्थीहरूको नेतृत्व र सहभागितामा आयोजना हुँदै गरेको यो स्वर्ण जयन्ती समारोहले श्री भोजसिद्द माध्यमिक विद्यालयप्रतिको गहिरो आत्मीयता, कृतज्ञता र सामुदायिक एकतालाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।


तीन दशकको निरन्तर सेवा : प्रधानाध्यापक अर्जुन पण्डितको नेतृत्व

प्रधानाध्यापक अर्जुन पण्डितका अनुसार, श्री भोजसिद्द माध्यमिक विद्यालयमा हाल ECD देखि कक्षा १ सम्म अध्ययन–अध्यापन भइरहेको छ। विद्यालयले ECD देखि कक्षा १ सम्म अंग्रेजी माध्यम को पठनपाठन सफलतापूर्वक कार्यान्वयन गरिसकेको छ भने छिट्टै कक्षा ५ सम्म अंग्रेजी माध्यम विस्तार गर्ने तयारी भइरहेको छ।

हाल विद्यालयमा ५८४ जना विद्यार्थी, २० भन्दा बढी शिक्षक, तथा आवश्यक व्यवस्थापन र सहायक कर्मचारी कार्यरत छन्। विद्यालयले आफ्नो ५० वर्षे शैक्षिक यात्रामा हालसम्म १५० भन्दा बढी विभिन्न प्राविधिक र दक्ष पेशागत जनशक्ति उत्पादन गर्न सफल भएको छ।

श्री भोजसिद्द माध्यमिक विद्यालय केवल एउटा शैक्षिक संस्था मात्र होइन, यो यस्तो ऐतिहासिक र सामुदायिक इकाइ हो, जुन स्थानमा आजसम्म पक्की पुलको अभावमा अमला भाँचिँदै वर्षौँदेखि ‘कहिले बन्ला?’ भनेर पर्खनु पर्ने अवस्था छ, जहाँ अझै पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायम छ। यस्ता भौतिक कठिनाइबीच पनि श्री भोजसिद्दले शिक्षा, चेतना र सामुदायिक एकताको केन्द्रका रूपमा आफूलाई स्थापित गरेको छ।

पूर्वाधारको उपेक्षा र पहुँचको अभावबीच पनि, यही भूमिमा यति ठूलो शैक्षिक इतिहास, यति बलियो भवन, र यति गहिरो सामुदायिक विश्वास निर्माण हुनु आफैंमा एउटा मिसाल हो। यो विद्यालय राज्यको नक्सामा मात्र होइन, समुदायको आत्मा र पहिचानमा गढिएको संस्था हो—जहाँ शिक्षाले पुलको काम गरिरहेको छ, जब कि भौतिक पुल अझै प्रतीक्षामा छ।

यसका साथै स्थानीय तह, विभिन्न स्थानीय संघ–संस्था, बुद्धिजीवी वर्ग तथा समाजसेवीहरू लगायत विविध सहयोगी मनहरूको सक्रिय साथ र प्रेरणाले स्वर्ण जयन्ती समारोहलाई सफल बनाउन उत्साह र ऊर्जा थपिएको आयोजक पक्षले जनाएको छ।

बारम्बार सोधिने प्रश्न

श्री भोजसिद्द माध्यमिक विद्यालयको स्वर्ण जयन्ती कहिले आयोजना हुँदैछ?
विद्यालयको स्वर्ण जयन्ती समारोह फागुन ७ गतेदेखि ९ गतेसम्म तीन दिनसम्म आयोजना हुनेछ।

स्वर्ण जयन्ती समारोह कहाँ आयोजना हुँदैछ?
समारोह मनहरी गाउँपालिका–५, पश्चिम मकवानपुर स्थित श्री भोजसिद्द माध्यमिक विद्यालय परिसरमा आयोजना हुनेछ।

स्वर्ण जयन्तीमा के–के कार्यक्रमहरू समावेश छन्?
शिक्षक तथा छात्र भलिबल प्रतियोगिता, वक्तृत्वकला, सांस्कृतिक कार्यक्रम, खुला म्याराथन, अभिभावक घ्याम्पो फुटाइ, रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर समावेश छन्।

स्वर्ण जयन्ती समारोहको नेतृत्व र व्यवस्थापन कसले गरिरहेको छ?
समारोहको मुख्य आर्थिक व्यवस्थापक तथा कार्यक्रम संयोजक मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारी हुन्। साथै पूर्व विद्यार्थीहरूको टोली, विद्यालय व्यवस्थापन समिति र स्थानीय नेतृत्व सक्रिय रूपमा संलग्न छन्।

स्वर्ण जयन्ती समारोहमा कस–कसले सहभागिता जनाउन सक्छन्?
शिक्षक, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय बासिन्दा, संघ–संस्था, बुद्धिजीवी तथा सर्वसाधारण सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

वीरगन्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा ताजा समाचार

वीरगन्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वीरगन्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध झुटा कागजातमार्फत नागरिकता दिलाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको…

स्वास्थ्य मन्त्रालयले ११ स्वास्थ्य संस्थाबाट रु १.७८ करोडभन्दा बढी शुल्क असुल गर्ने निर्णय ताजा समाचार

स्वास्थ्य मन्त्रालयले ११ स्वास्थ्य संस्थाबाट रु १.७८ करोडभन्दा बढी शुल्क असुल गर्ने निर्णय

स्वास्थ्य मन्त्रालयले ११ स्वास्थ्य संस्थाबाट बेड अनुसार नतिरेक शुल्क असुल गर्ने निर्णय गरेको छ, कुल…

पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृह मन्त्रालय फर्किने तयारीमा People & Leadership

पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृह मन्त्रालय फर्किने तयारीमा

सम्पत्ति विवादमा छानबिन समितिबाट निर्दोष साबित भएपछि रास्वपाका सुदन गुरुङ पुनः गृहमन्त्री बन्ने भएका छन्।…

पोखरामा अपाङ्गता भएका यात्रुलाई नरोक्ने बस चालकलाई जरिवाना ताजा समाचार

पोखरामा अपाङ्गता भएका यात्रुलाई नरोक्ने बस चालकलाई जरिवाना

पोखरामा अपाङ्गता भएका यात्रुका लागि बस नरोकिएको भिडियो सार्वजनिक भएपछि कास्की ट्राफिक प्रहरीले सम्बन्धित बस…