ताजा समाचार

नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

January 31, 2026

पढ्न लाग्ने समय

१ मिनेट पढ्न लाग्ने
नेपाल दूरसञ्चार कम्पनीको २२औँ वार्षिकोत्सव अवसरमा ब्याडमिन्टन डबल प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकोत्सवको अवसरमा अतिरिक्त क्रियाकलाप समितिद्वारा आयोजित ब्याडमिन्टन डबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताको पहिलो चरणमा नेपाल दूरसञ्चार कम्पनीका विभिन्न जिल्ला–जिल्लास्तरीय नकआउट खेलहरू सञ्चालन गरिएको थियो। त्यसपछि मिति २०८२/१०/१४ मा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता बाट विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका खेलाडीहरूमध्ये नेपालभरका सातै प्रदेशबाट १२ जना खेलाडी अन्तिम चरणका लागि छनोट भएका थिए।

अन्तिम चरणअन्तर्गत मिति २०८२/१०/१६ र १७ गते काठमाडौंमा ब्याडमिन्टन डबल प्रतियोगिता आयोजना गरिएको थियो। सेमिफाइनल खेल जित्दै फाइनलमा प्रवेश गरेका खेलाडीहरू रबिन्द्र नेपाल, सुरेन्द्र कार्की, शोभाकर भण्डारी र महेन्द्र लुइँटेल बीच आज निर्णायक प्रतिस्पर्धा सम्पन्न भएको थियो।

फाइनल खेलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सिमरा शाखामा कार्यरत रबिन्द्र नेपाल र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड धनगढी शाखामा कार्यरत सुरेन्द्र कार्की को जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको आयोजकले जनाएको छ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले कर्मचारीहरूबीच आपसी सहकार्य, खेल भावना र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गरेको सहभागीहरूको भनाइ रहेको छ।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री ताजा समाचार

रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री

भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा सरकारले तीन हेलिकप्टरमार्फत १५ क्विन्टल अत्यावश्यक खाद्य सामग्री पठाएको…

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क कल, दैनिक २ जीबी डेटा र ५० एसएमएस दिने ताजा समाचार

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा निःशुल्क कल, दैनिक २ जीबी डेटा र ५० एसएमएस दिने

नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी…

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार ताजा समाचार

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार

रु २५० को खरिद गरेका एक ग्राहकले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन योजनाअन्तर्गत १० लाख…

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद ताजा समाचार

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद

सराहीको मलंगवामा सरकारी डीएपी मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका…