ताजा समाचार

भदौ २३ पछिको सन्देश: कांग्रेस बद्लियो, अब देश परिवर्तनतर्फ अघि बढ्छ – डिना

प्रकाशित मिति

January 30, 2026

पढ्न लाग्ने समय

2 मिनेट पढ्न लाग्ने
भदौ २३ पछिको सन्देश: कांग्रेस बद्लियो, अब देश परिवर्तनतर्फ अघि बढ्छ – डिना

हेटौँडा, माघ १५ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले भदौ २३ गतेपछि कांग्रेसले आफ्नो राजनीतिक धार र कार्यशैलीमा स्पष्ट परिवर्तन गरेको दाबी गर्दै अब देश परिवर्तनतर्फ अगाडि बढ्ने संकल्प लिएको बताएकी छन्।

कांग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा बिहीबार हटिया, पदमपोखरी र नवलपुरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डिनाले कांग्रेस अब नयाँ सोच, नयाँ ऊर्जा र नयाँ पुस्ताको भावना अनुसार अघि बढिरहेको उल्लेख गरिन्। उनले भदौ २३ अघि सामाजिक सञ्जालमाथि लगाइएको बन्देजको विपक्षमा कांग्रेस उभिएको स्मरण गराउँदै पार्टीले जेन्जी (Gen-Z) को मर्म र अपेक्षालाई आत्मसात गर्दै राजनीतिक यात्रालाई अगाडि बढाइरहेको बताइन्।


“कांग्रेस बद्लियो, देश पनि बदल्छौँ”

प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ की उम्मेदवारसमेत रहेकी डिनाले कार्यकर्तालाई सम्बोधन गर्दै भनिन्,
“कांग्रेस बद्लिएको छ, अब देश पनि बदल्छौँ। यही प्रतिबद्धताका साथ जनतामाझ पुग्न म सबै साथीहरूलाई आग्रह गर्दछु।”

उनले नेपालको संविधान २०७२ निर्माण प्रक्रियामा आफूले हस्ताक्षर गरेको स्मरण गराउँदै उक्त संविधानमार्फत महिला, दलित र जनजाति समुदायको अधिकार सुनिश्चित गरिएको बताइन्। डिनाका अनुसार अबको कांग्रेसको प्राथमिकता रोजगारी सिर्जना र सुशासन हो, र यसका लागि नयाँ पुस्ताको भावना र अपेक्षासँग जोडिएर अघि बढ्नु अपरिहार्य छ।

नेतृत्व परिवर्तन र विकासको प्रतिबद्धता

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बुद्ध लामा ले कांग्रेस परिवर्तनको बाटोमा अघि बढिसकेको र अब देश परिवर्तन गर्ने सङ्कल्पसहित निर्वाचनमा गएको बताए।
उनले कांग्रेस विध्वंसमा होइन, निर्माणमा विश्वास गर्ने पार्टी भएको उल्लेख गर्दै आर्थिक र सामाजिक रूपान्तरण कांग्रेसको प्रमुख लक्ष्य रहेको बताए।

“देश परिवर्तन खोजिरहेको छ,” उनले भने, “पार्टीले नेतृत्व परिवर्तन गरिसकेको छ। जनभावनाअनुसार गगन थापा लाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छौँ, र अब जनताको साथ र समर्थन प्राप्त हुनेमा हामी विश्वस्त छौँ।”

एकताबद्ध कांग्रेस, समृद्धिको संकल्प

कांग्रेस मकवानपुरका पूर्व सभापति तथा निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्याल ले कांग्रेस एकताबद्ध रूपमा निर्वाचनमा होमिएको बताउँदै नागरिकको समृद्धि नै पार्टीको मूल संकल्प भएको स्पष्ट पारे।

उत्सव इटेनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, समानुपातिक उम्मेदवार शर्मिला श्रेष्ठ, तथा कांग्रेस नेताहरू आनन्दराम पराजुली, दामोदर खनाल, अर्जुन तिवारी, धिरेन लामा, राजेश बानियाँ, रामकृष्ण कोइराला, लक्ष्मी थिङ, गीता न्यौपाने र कृष्णप्रसाद सापकोटालगायतले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समुन्नतिका लागि कांग्रेसको जित आवश्यक रहेकोमा जोड दिएका थिए।

ट्यागहरू: ट्यागहरू छैनन्
साझा गर्नुहोस्

सम्बन्धित समाचारहरू

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार ताजा समाचार

करदाता प्रोत्साहन योजनामा ग्राहकले जिते १० लाख रुपैयाँ पुरस्कार

रु २५० को खरिद गरेका एक ग्राहकले आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन योजनाअन्तर्गत १० लाख…

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद ताजा समाचार

डीएपी मल प्रकरण: सराहीमा तीन जना पक्राउ, ११ बोरा मल बरामद

सराहीको मलंगवामा सरकारी डीएपी मल तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका…

स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको आशंका, पुष्टि हुन बाँकी ताजा समाचार

स्पेसएक्सको रकेट चन्द्रमामा ठोक्किएको आशंका, पुष्टि हुन बाँकी

फाल्कन ९ रकेटको माथिल्लो भाग चन्द्रमाको सतहमा ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ। नासाले यसबाट…

विद्यालयमा जबर्जस्ती कपाल काट्ने कार्य रोक्न राष्ट्रिय बाल अधिकार परिषद्को आग्रह ताजा समाचार

विद्यालयमा जबर्जस्ती कपाल काट्ने कार्य रोक्न राष्ट्रिय बाल अधिकार परिषद्को आग्रह

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयहरूलाई विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र अनुशासनका नाममा अपमानजनक सजाय नदिन…